खेल

एफए कप : प्रशिक्षकविहीन क्लबबाट अार्सनल पराजित, लिग चरणबाट बाहिरियाे

एफए कप : प्रशिक्षकविहीन क्लबबाट अार्सनल पराजित, लिग चरणबाट बाहिरियाे

इंग्लिस क्लब अार्सनल एफए कपकाे तेस्राे चरणबाट बाहिरिएकाे छ । 

साविक विजेता अार्सनल प्रशिक्षकविहीन नाेटिङ्हम फरेस्टसँग ४–२ ले पराजित भएर प्रतियाेगिताबाट बाहिरिएकाे हाे । नाेटिङ्हमकाे जितका लागि एरिक लिकाजले दुर्इ तथा ब्रेरेटन र डाेवेलले एक–एक गाेल गरे । अार्सनलका लागि पर मर्टेसाकर र ड्यानी वेलबेकले एक–एक गाेल गरे । 

खेलकाे २० अाैँ मिनेटमा लिकाजले गाेल गर्दै नाेटिङ्हमलार्इ सुरूवाति अग्रता दिलाए । त्यसकाे तीन मिनेटपछि मर्टेसाकरले अार्सनलका लागि बराबरी गाेल फर्काएका थिए । ४४ अाैँ मिनेटमा लिकाजले व्यक्तिगत दाेस्राे गाेल गर्दै नाेटिङ्हमलार्इ पहिलाे हाफमा २–१ काे अग्रता दिलाए ।  

खेलकाे ६४ औँ मिनेटमा पाएको पेनाल्टी अवसरलार्इ ब्रेरेटनले गाेलमा परिणत गर्दै नोटिङ्हमलार्इ ३–१ काे अग्रता दिलाए । ७९ औँ मिनेटमा आर्सनलका वेलबेकले गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो ।

८४ औँ मिनेटमा वोर्राल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नोटिङ्हम १० खेलाडीमा सीमित भएका थियाे । त्यसको एक मिनेटपछि पाएको पेनाल्टीमा डोवेलले गोल गर्दै नोटिङ्हमलाई ४–२ को जित दिलाए ।

राति नै भएका अन्य खेलमा टोटनह्यामले विम्बल्डनलाई ३–० ले हराउँदै र न्युपोर्टले लिड्सलाई हराएर अघिल्लो चरणमा स्थान बनाएको छ । 

fa cup arsenal nottingham forest

विशेष