मनोरञ्जन

अमेरिकामा ‘पञ्चायत’लाई ‘वाइवाइ’

अमेरिकामा ‘पञ्चायत’लाई ‘वाइवाइ’

भर्जिनिया । अमेरिकाको भर्जिनियामा ५० वर्ष पुरानो कथा बोकेको चलचित्र 'पञ्चायत'को प्रिमियर शो गरिएको छ । आइतबार भएको प्रिमियरमा दर्शकले अभिनेता सरोज खनाल र नायिका नीता ढुंगानाको अभिनयको तारिफ गरेका छन् ।

यसअघि सेन् फान्सिस्को चलचित्र महोत्सवमा पञ्चायतले विदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा र उत्कृष्ठ मुख्य अभिनेत्री विधामा पुरस्कार जितको थियो । फिल्मको प्रिमियरका लागि केहीदिन अघि अमेरिका पुगेका खनाल अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । चलचित्र आगामी चैत्र २ गतेबाट प्रदर्शनमा आउने छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको 'पञ्चायत'मा सरोज र नीताका अलावा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

गणेश गिरीको प्रस्तुती रहेको चलचित्रका कार्यकारी निर्माता रवी अधिकारी हुन् भने रामेश्वर कार्कीको छायांकन रहेको छ । टंक बुढाथोकीको संगीत रहेको पञ्चायतको सम्पादन विपिन मल्लले गरेका हुन् ।

panchayat

विशेष