स्वास्थ्य

प्रसूति गराउँदा शिशुको हातै भाँचिएपछि…

प्रसूति गराउँदा शिशुको हातै भाँचिएपछि…

काठमाडौं । नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन् । मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन् ।

तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन् । १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले बताए ।

ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन् । उनको पहिलो सन्तान पाँच वर्षकै छोरा छन्। ताराका पति चन्द्र आछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन् । आजको अन्नपूर्णमा खबर छ ।

विशेष