स्वास्थ्य

फार्मेसीमा छ्याप्छ्याप्ती पाइन्छ गर्भपतनको औषधी

फार्मेसीमा छ्याप्छ्याप्ती पाइन्छ गर्भपतनको औषधी

काठमाडौं। विशेषज्ञको सल्लाह र निगरानीमा मात्रै सेवा गर्न पाइने गर्भपतनको औषधि जथाभाबी विक्री वितरण भइरहेका छन्। शंखमूलको एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरीका औषधि देखाए।     

सञ्चालकले रोजेर जुनसुकै औषधि प्रयोग गर्न सकिने सल्लाह दिए। उनले हचुवामा मिफिटीक नामक औषधि रोजेर पाँच दिनको औषधि किनिन्। जबकि, औषधि व्यवस्था विभागमा गर्भपतन गराउने चारथरी मेडावोन, एमपिटीकिट्स, मेरीप्रिस्ट, र प्रेग्नोकिट मात्रै दर्ता भएका छन्।     

बजारमा भने २० देखि २५ थरीका यस्ता औषधि किन्न पाइन्छ, जुन दर्ता नभएका अवैधानिक हुन्। यी औषधिको मूल्यमा पनि एकरुपता छैन। विक्रेताले मनपरी पैसा लिन्छन्।     

राजधानीका अस्पताल वरिपरिकै फार्मेसीमा यस्ता अवैध औषधि छ्याप्छ्याप्ती पाइन्छन्। सुरक्षित गर्भपतनको कानुनी प्रावधानअनुसार यस्ता औषधिको कारोबार गर्नेले सुरक्षित गर्भपतन अंकित बोर्ड र प्रमाणपत्र देखिने गरी राख्नुपर्छ। आजको कान्तिपुरबाट ।

विशेष