समाज

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

काठमाडौं। नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो ।

स्थाई घर झापा चन्द्रगढी ३ भएका गौतमले १७ वर्ष अगाडि झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका थिए। गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका थिए ।

२०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

विशेष