समाज

अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु

अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु

काठमाडौं । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान हुने भएको छ ।

देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस लाख भन्दा बढी विद्यार्थी, युवा, शिक्षक र अभिभावकलाई उत्प्रेरणा तथा जागरणसहितको तीन वर्षीय महाअभियानमा अभियन्ता घिमिरे होमिने भएका हुन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शिक्षाको समुचित उद्येश्य प्राप्ति हुने भएकाले यी सबै पक्षलाई समेटिएको आयोजक समितिले जनाएको छ । शीप, संस्कार र प्रविधिसहितका तीन खम्बायुक्त शिक्षाको आवश्यकतालाई उजागर गर्दै संस्कारसहितको शिक्षा, शीपसहितको शिक्षा र प्रविधिसहितको शिक्षा जस्ता नारा र मुद्धा लिएर अभियान अघि बढ्नेछ ।

अभियानअन्तर्गत दैनिक कम्तिमा दुईओटा स्कुल र एक कलेजमा पुगेर विभिन्न विषयमा विद्यार्थीलाई सुन्दर अक्षर लेख्ने कला, नैतिक चरित्र निर्माण, विद्यालय तथा सडक सुरक्षा लगायतका विषयमा जानकारी तथा उत्प्रेरणा दिइने अभियन्ता घिमिरेले जानकारी दिए ।
त्यस्तै, साप्ताहिक र मासिक रुपमा हजारौंको सहभागितामा स्वरोजगार र उद्यमशीलताका लागि युवा उत्प्रेरणा, असल आमाबाबु तथा असल अभिभावक, शिक्षक उत्प्रेरणा जस्ता कार्यक्रम आयोजना गरिने छन् ।

विशेष