मनोरञ्जन

'करीना कपूरमा धेरै खूबि'

'करीना कपूरमा धेरै खूबि'

एजेन्सी । सैफ अली खानले आफ्नी पत्नी करीना कपूर खानमा धेरै खूबि भएको बताएका छन् । करीनाको आउन लागेको फिल्म ‘कालाकंडी’ को चर्चा चलिरहेका बेला सैफले यस्तो अभिव्यक्ति दिएका हुन् । 

‘कालाकंडी’को प्रमोशनका लागि अन्तर्वाता दिने क्रममा खानले यस्तो बताएका हुन् । सैफ ले भनेका छन् ‘करीना समयमा धेरै ध्यान दिन्छीन, काम गर्ने ढंग करीनामा छ, फिटनेस, अनुशासन आदि कुरामा धेरै ध्यान दिन्छिन् ।’

साथै सैफले आफ्नो र पूर्व पत्नी अमृता सिंह को छोरी सारा अली खानले अभिषेक कपूरको फिल्म ‘केदारनाथ’बाट फिल्म करियर सुरु गर्दै गरेको बताएका छन् ।

फिल्म क्षेत्रका विषयमा सैफले आफ्नो छोरी सारालाई धेरै सहयोग गर्ने गरेको बताउँछन । फिल्म उध्योगमा काम गरेको २५ वर्ष भएको बताउँदै खानले यो आफनो् ठूलो उपलव्धी भएको बताएका छन् ।

 

विशेष