खेल

अाहा ! रारा गाेल्ड कपकाे पुरस्कार राशिमा वृद्धि

अाहा ! रारा गाेल्ड कपकाे पुरस्कार राशिमा वृद्धि

पोखरा : अागामी माघ ९ देखि २० गतेसम्म पाेखरा रंगशालामा हुने १६ अाैँ अाहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे पुरस्कार राशिमा वृद्धि गरिएकाे छ । 

सहारा क्लब पाेखराकाे अायाेजना तथा हिमश्री फुड्स प्रालिकाे मुख्य प्रायाेजनमा हुने लागेकाे प्रतियाेगितामा विजेता टाेलीले रू सात लाख एक हजार र उपविजेताले रू तीन लाख ५१ हजार पाउनेछन् । गत वर्ष विजेताले रु पाँच लाख एक हजार र उपविजेताले रु दुई लाख ५१ हजार पाएका थिए । 

अाज अायाेजित पत्रकार सम्मेलनमा प्रतियाेगितामा १२ टाेलीकाे सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए । 

Aaha Rara Gold cup

विशेष