मनोरञ्जन

केदार घिमिरे‘माग्ने बुढा’ नयाँ फिल्मका लागि अनुबन्धित

केदार घिमिरे‘माग्ने बुढा’ नयाँ फिल्मका लागि अनुबन्धित

चर्चित हाँस्य कलाकार केदार घिमिरे‘माग्ने बुढा’ नयाँ फिल्मका लागि अनुबन्धित भएका छन् । लामो समय देखि कलाकारीता क्षेत्रमा सक्रिय रुपले अघि बढ्दै आएका हाँस्य कलाकार घिमिरे अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको फिल्ममा अनुबन्धित भएका हुन् ।

सुदर्शन थापाको निर्देशनमा रहने फिल्मलाई निर्देशक थापा र अभिनेत्री शर्मा मिलेर निर्माण गर्न लागेको बताईएको छ । यस अघि यी दुईले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरिसकेका छन् । जस्ले राम्रै व्यपार गर्न सफल भएको थियो । माघको दोस्रो साताबाट छायाङ्कनमा जाने भनेर यतिबेला निर्माण पक्षले नायकको खोजी गरेको छ ।

मङ्गलबार केदार घिमिरेलाई महंगो पारिश्रमीक सहित औपचारिक रुपमा फिल्ममा अनुबन्धित गरिएको अभिनेत्री शर्माले बताएकी छिन् ।

Magne Budha

विशेष