मुख्य समाचार

केसी पक्राउ, जेलमै अनशन बस्ने घोषणा

केसी पक्राउ, जेलमै अनशन बस्ने घोषणा

काठमाडौं । म न्यायपालिका र सर्वोच्च अदालतलाई कदर गर्छु र त्यहाँ सही तरिकाले न्याय सम्पादन गर्ने न्यायाधीशहरूको कदर गर्छु ।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रलाई डामाडोल बनाउन कसैले प्रयास गर्छ भने त्यसका विरुद्घ लड्नु नागरिक र चिकित्सकका हैसियतले मेरो कर्तव्य बन्छ । म त्यही कर्तव्य निभाइरहेको छु ।

किन १४ औं अनशन सुरु गर्नुभयो ?

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधार र मुलुकमा सुशासनका लागि यत्रो समयदेखि लडिरहेका छौं तर हाम्रो अभियानलाई बिथोल्ने गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले हिजो आफ्नै बेन्चमा तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीले बर्खास्त गरेका व्यक्तिलाई ४ वर्षे कार्यकालको ४ दिन बाँकी रहँदा उहाँकै पक्षमा निर्णय गरिदिनुभयो।

हाम्रो पहिलो आन्दोलनदेखि नै चिकित्साशास्त्र अध्ययन संस्थामा सुधार आइरहेको थियो तर अब त्यही सुधारलाई प्रतिकूल प्रभाव पार्ने व्यक्तिलाई पठाउनुको मतलब के छ रु सुधारकार्य बिथोल्नु भनेको ३ करोड नेपालीको स्वास्थ्यमा खेलबाड गर्ने र विद्यार्थीको पढ्न पाउने अधिकारमाथिको खेलबाड हो । आजको कान्तिपुरमा खबर छ ।

विशेष