खेल

फूटबल प्रशिक्षक नै बाल यौन दूराचारी

फूटबल प्रशिक्षक नै बाल यौन दूराचारी

लिभरपुल । बाल यौन दूराचारको अभियोग लागेका पूर्व फुटबल प्रशिक्षक ब्यारी बेनेल विरुद्ध अदालतमा सुनुवाइ सुरु भएको छ। रिचार्ड जोन्सको नामले चिनिने ६३ वर्षीया बेनेल सात वटा बालयौन दूराचारको अभियोग लगाइएको छ।

सन् १९८८ देखि १९९१ को बीचमा ६ यौनदूराचारको घटना तथा केही हप्ताअघि एक घटना घटाएको विषयमा लिभरपुल टाउन कोर्टमा सुनुवाइ सुरु भएको हो।

उनी ५५ घटनामा दोषी ठहर हुँदै सजाय पाइसकेका व्यक्ति हुन्। ५५ मध्ये ११ घटना यौन सम्बन्धी भएको इंग्लिस मिडियाहरुले जनाएका छन्। उनी एलेजेन्द्रा क्लबका पूर्व प्रशिक्षक हुन्। ७ अभियोग मध्ये २ वटा अभियोग ११ देखि १४ वर्षको बालकमाथि यौन दुराचार गरेको अभियोग छ।

विशेष