समाज

घटस्थापनामा सार्वजनिक विदा नदिनु निन्दनीय– महासचिव भण्डारी 

घटस्थापनामा सार्वजनिक विदा नदिनु निन्दनीय– महासचिव भण्डारी 

काठमाडौं  । नेपालीहरुको महान् पर्व विजयादशमीको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा कटौती गरिएको भन्दै सरकारको आलोचना हुन थालेको छ । दशैंको पहिलो दिन शैलपुत्रीको आराधना तथा विधिपूर्वक घटस्थापना गरिन्छ । यो धार्मिक अनुष्ठानका लागि सार्वजनिक बिदा दिने गरिन्थ्यो । वर्तमान सरकारले घटस्थापनासँगै कोजाग्रत पूर्णीमामा दिँदै आएको बिदा पनि कटौटी गरेको छ । 

 

विदा कटौतीको विरोधमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै गल्ति सच्याउन आग्रह गरेकी छन् । महासचिव भण्डारीको विज्ञप्तिमा भनिएको छ, ‘ परम्परादेखि हुँदै आएको घटस्थापनाको सार्वजनिक बिदा केपी ओली नेतृत्वको सरकारले कटौटी गरेको छ । आफ्नो पूर्वीय दर्शन र सभ्यतालाई नामेट पार्ने किसिमले यस्तो अति महत्वको विदा कटौटी गर्नु दुःख र निन्दनीय विषय हो । सम्पूर्ण नेपालीको घर घरमा हर्षोल्लासका साथ भगवती नवदुर्गा पूजाअर्चना गरी मनाइने यस्तो महान पर्वमा दिँइदै आएको विदालाई निरन्तरता दिन सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

सार्वजनिक विदा धेरै भएकोले मुलुकको आर्थिक समृद्धिको लक्ष्यमा अवरोध भएको निष्कर्ष सहित सरकारले  पर्व विदा अन्र्तगत  रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी आदि कटौती गरेको थियो । 
 

विशेष