आम हड्ताल स्थगितसँगै धनगढीको जनजीवन सामान्य
कैलाली । शनिबारदेखि जिल्लाको धनगढीमा उप-महानगरपालिकामा गरिएको आम हड्ताल स्थगित गरिएपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ ।
नागरिक समाज संघर्ष समितिले आइतवार साँझदेखि लागू हुने गरी आम हड्ताल स्थगित गरेपछि जनजीवन पहिलेकै अवस्थामा फर्किएको हो ।
सोमबार विहानदेखि नै लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । बजार क्षेत्रका पसलहरु सञ्चालनमा आएका छन् ।
आमहड्ताललाई बद्नाम गराउने खेल भएको भन्दै आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै आम हडताल स्थगित गरिएको थियो ।
नागरिक समाज संघर्ष समितिले विज्ञप्ती जारी गर्दै सोमवार साँझ ८ बजे एक घण्टा धनगढीमा ‘बल्याक आउट’ गर्ने जनाएको छ ।
वन माफिया र भुमाफियालाई फाइदा पुग्ने गरी प्रदेशको राजधानी गोदावरीको जंगलमा राखेको भन्दै धनगढीमा आम हड्तालको घोषणा गरिएको थियो ।
कैलाली धनगढीमा उप-महानगरपालिका नागरिक समाज संघर्ष समिति