मुख्य समाचार

एक रूपैयाँ पनि बढी भाडा लिए पाँच हजार जरिवाना !

एक रूपैयाँ पनि बढी भाडा लिए पाँच हजार जरिवाना !

काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । 

 

 

सरकारले पटक-पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । 

 

 

भाडा बढाएपछि चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमिसम्म  १६, छ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ र २९ किमिभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ । 

 

 

विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

 

 

तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने उनले बताए ।  तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार रुपैयाँ जरिवना गरिने विभागले जनाएको छ । 

 

 

 

गुनासो सम्बोधन गर्न विभागले सरोकार भएका निकायको संलग्नतामा १२ वटा अनुगमन समूह र उपत्यकाका विभिन्न स्थानमा १३ वटा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यसका लागि उपत्काका छ वटै यातायात व्यवस्था कार्यालयका अधिकारीलाई खटाइएको जनाइएको छ । 

सार्वजनिक यातायात भाडादर

विशेष