एसिया कपः दोस्रो खेलमा पनि नेपाल पराजित, मंगलबार यूएइसँग खेल्दै
काठमाडौं । यू- १९ एसिया कपअन्तर्गत नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । सोमबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३१ रन बनाउन सक्यो । १३२ रनको लक्ष्यसहित मैदान उत्रेको अफगानिस्तानले ३७.३ ओरभरमा लक्ष्य पूरा गर्यो ।
सेमिफाइनलका लागि जित्नै पर्ने दबाबमा रहेको नेपालले व्याटिङमा गरेको कमजोर प्रदर्शनका कारण हार ब्यहोरेको हो ।
अघिल्लो एसिया कपमा भारतलाई १९ रनले हराउँदै सनसनीपूर्ण जित हात पारेको नेपालले यो पटक भने मैदानमा खरो उत्रन सकेको छैन ।