मनोरञ्जन

बिपाशा बासु श्रीमानभन्दा ७ गुणा धनी !

बिपाशा बासु श्रीमानभन्दा ७ गुणा धनी !

एजेन्सी । भारतीय चर्चित अभिनेत्री विपाशा बासु लामो समयदेखि बलिउड फिल्मबाट टाढिएकी छिन् । उनले सुपरहिट फिल्म ‘राज’ र ‘जिस्म’ मा काम गरिसकेकी छिन् । सन् २०१५ मा बासु र उनका श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् । 

 

 

विपाशा र करण फिल्मबाट टाढा रहे पनि बेला बेलामा यो जोडी कहिले रेस्टुरेन्टमा समय बिताइरहेको त कहिले विदेशमा रमाइलो गरिरहेका भिडियो तथा तस्बिरहरु मिडियामा छाइरहेका हुन्छन् ।

 

 

 सन् २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशा करणभन्दा निकै सिनियर हुन् । फिल्ममा कामको अनुभव, उमेर वा सम्पत्ति यी सबै कुरामा विपाशा उनका श्रीमानभन्दा अगाडि नै छिन् । 

 

 

खबरहरुका अनुसार विपाशा उनका श्रीमान करण सिंह ग्रोवरभन्दा ७ गुणा धनी छिन् । विपाशा एक अर्बभन्दा धेरै सम्पत्तिकी मालिक हुन् ।

 

 

एक भारतीय वेबसाइटका अनुसार विपाशा बासु करी १ सय ७२ करोड ८ लाख रुपैयाँकी मालिक हुन् भने उनका पति करण सिंह जम्मा २३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्तिका मालिक हुन् ।

 

 

विपाशाको हातमा फिल्महरु नभए पनि उनी कयौं मल्टिनेशनल कम्पनीको विज्ञापनमा काम गरिरहेकी छिन् ।

विपाशा बासु करण सिंह ग्रोवर

विशेष