मुख्य समाचार

जितिया महोत्सव भव्यरुपमा मनाइयो, राज्यमन्त्रीले चलाइन् धनुष

जितिया महोत्सव भव्यरुपमा मनाइयो, राज्यमन्त्रीले चलाइन् धनुष

चितवन । जिल्लाको भरतपुर महानगरपालिका-२७ पर्साढापमा थारु कल्याणकारिणी सभाले धुमधामले जितिया उत्सव मनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाड जितियाको अवसरमा चितवनका थारु समुदायले उत्सव नै मनाएका हुन् ।

 

 

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले भरतपुर महानगरस्तरीय जितिया उत्सवको उद्घाटन गरेकी थिइन् । उत्सवको उद्घाटन गर्दै राज्यमन्त्री थारुलाई विगतमा राज्य र समाजबाट हेपिएको बताउँदै अब ती दिनको अन्त्य भएको बताइन् । 

 

 

चितवन त्यसमा पनि भरतपुर थारू समुदायको संस्कृति र भेषभुषामा अत्यन्तै धनी रहेको बताउँदै उनले यसको संरक्षण र विकासमा लाग्न सम्पूर्ण थारू समुदायलाई आग्रह गरिन् । 

 

 

थारू समुदायमा जितिया पर्वको साँस्कृतिक महत्व रहेको बताउँदै मन्त्री चौधरीले सम्पूर्णलाई जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरिन् । 

 

 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले थारु समुदायका महिलाको महान जितिया पर्व साँस्कृतिक संरक्षणमा महत्वपूर्ण हुने भन्दै जितिया पर्वको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गरिन् ।

 

 

 उनले प्रचलित धर्म, सँस्कृतिको रक्षा, जगेर्ना र प्रवद्र्धन गर्न यस महोत्सव सार्थक हुने विश्वास गरिन् । 

भरतपुर महानगरपालि राज्यमन्त्री रामकुमारी चौधरी

विशेष