मुख्य समाचार

अब नेपालको राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

अब नेपालको राजनीतिक उपलब्धिलाई  विस्तार गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेपालको राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गर्नुपर्नेमा जोड दिएका छन् । 

 

 

जनवादी गणतन्त्र चीनको ६९औं स्थापना दिवसका अवसरमा ‘लेफ्ट रिभ्यु अनलाइन’द्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रवक्ता श्रेष्ठले राजनीतिक उपलब्धिलाई आत्मसात् गर्दै सामाजिक न्यायसहितको समृद्धि आजको आश्यकता भएको औंल्याए । 

 

 

उनले चिनियाँ कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिंदै नेपालमा नयाँ वैचारिक अभियान अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘राजनीतिक हिसाबले भन्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलनले गर्व गर्ने अवस्था छ तर वैचारिक अभियान जरुरी छ ।’ 

 

 

दिनदिनै खाडी मुलुकमा जाने युवालाई आफ्नै माटोमा श्रम गर्ने वातावरण सिर्जना गर्नु कम्युनिस्ष्ट सरकारको अभिभारा भएको नेता श्रेष्ठको भनाइ थियो । 

 

 

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हितमा रहेर विकास र समृद्धिका निम्ति चीनले सक्दो सहयोग गर्दै आएको उनले स्मरण गरे । साम्राज्यवादीको घेराबन्दीबाट माथि उठेर चीन विश्वकै शक्तिशाली राष्ट्र बन्न सफल भएको उनको भनाइ थियो । 

 

 

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा चिनियाँ कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण योगदान रहेको जिकिर गरे । 
 

नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी

विशेष