खेल

ए डिभिजन लिग: थ्री स्टारको विजयी सुरुवात

ए डिभिजन लिग: थ्री स्टारको विजयी सुरुवात

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । 

 

 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २-१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अंक जोडेको छ । 

 

 

 

थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गर्यो । उसको जीतमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले एक–एक गोल गरे । विष्टले खेलको पहिलो हाफको १७औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए । 

 

 

त्यस्तै खेलको ८३औं मिनेटमा थ्री स्टारका अर्का खेलाडी चेम्जोङले थप एक गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । यता फ्रेण्ड्स क्लबका विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएका थिए । 

 

 

सोही मैदानमा आजै हुने दोस्रो खेलमा जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । 

ए डिभिजन लिग थ्री स्टार

विशेष