मनोरञ्जन

‘छक्का पञ्जा-३’को आक्रामक व्यापार, २ दिनमै २ करोड !

‘छक्का पञ्जा-३’को आक्रामक व्यापार, २ दिनमै २ करोड !

काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा-३’ ले आक्रामक व्यापार गरेको छ । यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको यो चलचित्रले धेरै दर्शकको माया पाइरहेको छ । चलचित्र घटस्थापनाका दिनदेखि प्रदर्शनमा आएको छ ।

 

 

 

चलचित्रले रिलिजको पहिलो दिनमा नै १ करोड ३० लाखको ग्रस कलेक्सन गर्न सफल भएको बताइएको छ । बुधबारबाट नै देशैभरका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको गरिरहेको बताइएको छ ।

 

 

 

रिलिजको दोश्रो दिन बिहीबार पनि चलचित्रको व्यापार सोचेअनुरुप नै भएको बताइएको छ । दोश्रो दिन चलचित्रले ८० लाखमाथिको व्यापार गरेको चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए । दुई दिनको व्यापारलाई हेर्ने हो भने चलचित्रले झण्डै २ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ ।

 

 

आमा सरस्वती मुभिज प्रालिको ब्यानरमा निर्माण भएका यसअघिका चलचित्रहरुलाई सन्देशविहीन भएको आरोप लाग्ने गरेको थियो । तर यस पटक भने चलचित्रमा मनोरञ्जनसँगै गतिलो विषयवस्तुको समेत उठान गरिएको छ ।

 

 

 

यसपटक उठान गरिएको विषयवस्तुलाई दर्शकले रुचाएका छन् । चलचित्रले सरकारी विद्यालयले शिक्षामा गरिरहेको लापर्वाहीलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । 

 

 

 

शुक्रबार पनि उपत्यकाका अधिकांश मल्टिप्लेक्स हलहरु हाउसफुल रहेको बताइएको छ । आजको तुलनामा शनिबारका लागि आक्रामक रुपमा चलचित्रको अग्रिम टिकट बुकिङ भइरहेको निर्देशक दीपाश्री निरौलाले बताइन् । 

 

 

 

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, लक्ष्मी गिरी, निर शाहलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा प्रियंका कार्की, सन्जोग कोइराला, स्वस्तिमा खड्का, वर्षा राउतलगायतका कलाकारहरुको समेत विशेष भूमिका रहेको छ ।

नेपाली चलचित्र छक्का पञ्जा-३

विशेष