मुख्य समाचार प्रदेश ७

निर्मला हत्या प्रकरणः एआइजी बस्न्यात नेतृत्वको छानबिन समिति कञ्चनपुर पुग्यो

निर्मला हत्या प्रकरणः एआइजी बस्न्यात नेतृत्वको छानबिन समिति कञ्चनपुर पुग्यो

 

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनका लागि एआइजी धिरु बस्न्यात नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ । 

 

 

 

निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआइजी बस्न्यात  नेतृत्वको छानविन समिति पहिलो पटक शुक्रबार कञ्चनपुर पुगेको हो । 

 

 

 

स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको समेत छानविन थालेको छ । 

 

 

 

बस्नेत नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ ।

 

 

 

समितिले शुक्रबार घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । 

 

 

 

घटनाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरेको थियो । 

 

 

 

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमासमेत पाँच सदस्य छानविन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । 

कञ्चनपुर एआइजी धिरु बस्न्यात

विशेष