मुख्य समाचार

सिन्धुलीमा बस दुर्घटनाः एकको मृत्यु, ७ जना घाइते (अपडेट)

सिन्धुलीमा बस दुर्घटनाः एकको मृत्यु, ७ जना घाइते (अपडेट)

सिन्धुली । सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

 

 

मृतक र घाइतेको भने नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय खुर्कोटमा प्रमुख इन्स्पेक्टर असोककुमार झा ले जानकारी दिए । घटनास्थलबाट ७ जनालाई उद्धार गरी उपचारकालागि धुलीखेल तर्फ पठाईएको र नदी बाट एउटा शव निकालिएको स्थानीय मिन श्रेष्ठले जानकारी दिए । 

 

 

घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर र ३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरु सवैलाई उपचारका लागि धुलीखेल तर्फ पठाईएको छ ।

 

 

 

 इन्स्पेक्टर झाका अनुसार सिन्धुलीको मरिणबाट काठमाडौं तर्फजाँदै गरेको सुपर बासुकीको ना.६ ख ९१२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ९९ प २५ ९७ नम्बरको मोटसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । 

 

 

 

२०६८ साल असोज २६ गते सोही स्थानबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो।

सिन्धुली सिन्धुलीमा बस दुर्घटना

विशेष