मुख्य समाचार

सिन्धुली बस दुर्घटनाः मृतकको संख्या तीन पुग्यो (अपडेट)

सिन्धुली बस दुर्घटनाः मृतकको संख्या तीन पुग्यो (अपडेट)

सिन्धुली । सिन्धुलीको सुनकोशी गाँउपालिका-५, रिठ्ठे भीरमा यात्रुबाहक बस सुनकोशीमा खस्दा तीन जनाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

 

 

 

सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस रिठ्ठे भीरको सडकबाट सुनकासी नदीमा खसेको सिन्धुली जिल्ला प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

 

 

 

दुर्घटनामा बसमा सवार आठ जना यात्रुमध्ये सिन्धुपाल्चोक घर भएका सुनकोसी गाँउपालिका-८ मा बस्ने २९ वर्षीय रवि खड्काको घट्नास्थलमै ज्यान गएको हो ।

 

 

सिन्धुलीको मरिण गाउँपालिका-७, का चालक २८ वर्षका राजकुमार लामा र उनका भाइ २३ वर्षका अमृत लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एसपी यादवले जानकारी दिए ।

 

 

प्रहरीका अनुसार दुर्घटना भएको बस सुनकोसी नदीमा डुबेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन वर्षअघि पनि त्यसै ठाँउमा आजकै दिन यात्रुवाहक बस दुर्घटना हुँदा ४१ जनाको घटनास्थलमै ज्यान गएको थियो । 

सिन्धुली बस दुर्घटना

विशेष