मुख्य समाचार

प्रधानन्याधीश मिश्रद्वारा ओशो तपोवनको भ्रमण

प्रधानन्याधीश मिश्रद्वारा ओशो तपोवनको भ्रमण

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्याधीश ओमप्रकाश मिश्रले ओशो तपोवनको भ्रमण गरेका छन् । 

 

 

 

दसैंको अवसरमा उनले शनिबार तपोवनको भ्रमण गरेका हुन् । परिवारसहित शान्तपूर्ण ध्यानस्थली तपोवन पुगेका प्रधानन्याधीश मिश्रले केही घण्टा त्यहीँ बिताएका थिए । 

 

 


उनलाई तपोवनमा स्वामी आनन्द अरुण र ओशो संन्यासीहरुले स्वागत गरेका थिए । सो अवसरमा प्रधानन्याधीश मिश्रले ओशो साहित्य सेटको अवलोकन गर्दै केही पुस्तक खरिद पनि गरे । 

 

 

ती पुस्तकहरु अाेशो तपोवनले नेपालै छापेको हो । उसले १३५ ओशोका पुस्तकहरु छापेकाे छ । ती पुस्तकहरुको अवलोकन पश्चात प्रधानन्याधीश मिश्रले यहाँ आउन पाउँदा आनन्द लागेको बताए । 


 

 

यस्तै, उनले ओशो तपोवन परिसरभित्र नागार्जुन वनको उत्तरपट्टि नवनिर्मित गेष्ट हाउसको अवलोकनसमेत गरेपछि केही जिज्ञासा समेत राखे ।

 

 

जिज्ञासाको जवाफ दिदैं स्वामी आनन्द अरुणले प्रकृतिको सांन्निध्यमा सुविधाजनक माहोलमा ध्यान सिक्ने वातावरण भएकाले विदेशबाट ध्यान सिक्न आउनेहरु तपोवनमा लामो समयसम्म रहने बताए । 

 

 

यस्तै, प्रधानन्याधीश मिश्रले ‘रि-इन्कारनेशन, कर्म एण्ड डेस्टिनी’ पुस्तकको विमोचन पनि गरे । ओशो तपोवनको ध्यान कक्षमा नेपाल र विश्वका विभिन्न राष्ट्रबाट आएका १९५ शिविरार्थीको उपस्थितिमा उनले ओशो तपोवनसँग जोडिएका  विभिन्न व्यक्तिको चित्र समेटिएको पुस्तकको विमोचन गरेका हुन् ।

 

 


सो विमोचन कार्यक्रममा प्रधानन्याधीश मिश्रले यस्तो रमणिय ठाउँमा देश, विदेशबाट ध्यान र योग सिक्न आउने अन्तर्राष्ट्रिय समूहबीच हुन पाउँदा खुसी लागेको बताए । 

 

 

साथै, उनले कुनै पूर्वतयारी बोल्नु परेकोमा बहसमा जाँदा तयारी नगरी गएको पुरानो वकिलको जस्तै स्थिति भएको भन्दै ठ्टटा गर्न पनि भ्याए । 

 

 


प्रधानन्याधीश मिश्रल ओशो तपोवनमा सबै धर्मका मानिसहरु ध्यान सिक्न आएको देखेर सामाजिक सद्भाव र समन्वयको माहोलमा आफूलाई पनि शान्ति मिलेको बताए । 

प्रधानन्याधीश ओमप्रकाश मिश्र ओशो तपोवन

विशेष