कभर स्टोरी अन्तरवार्ता भिडियो

‘विश्व बैंकका एजेन्ट र कमिसनखोर नेपालमा मन्त्री /अर्थमन्त्री हुन्छन्’ (भिडियोसहित)

‘विश्व बैंकका एजेन्ट र कमिसनखोर नेपालमा मन्त्री /अर्थमन्त्री हुन्छन्’ (भिडियोसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषक एवं नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेपका विषयमा चर्चा गरेका छन् । नेपाल आजले उनीसँग नेपालमा विदेशी शक्तिको उपस्थितिका विषयमा कुराकानी गर्दै नेपालजस्तो सानो मुलुकमा विदेशी शक्तिको चलखेल हुने गरेको बताए । 


प्रस्तुत छ, नेपाल आज र प्रेमसागरबीचको कुराकानीको सारसंक्षेप  :


 नेपालमा वैदेशिक हस्तक्षेप बढेर गयो । सरकारमा समेत विदेशीहरूले बढी चलखेल गर्छन् भनेर जनस्तरमा सुनिन्छ । बाहिर नदेखिने गरी सिनमा मात्रै हस्तक्षेप हुन्छ कि जनस्तरमा शंका मात्रै गरिएको हो ?


 होइन यो शंकाको दायराभन्दा धेरै माथि छ । वास्तवमा विदेशी हस्तक्षेप चरम रूपमै छ नेपालमा । 


 कुन अर्थमा विदेशी हस्तक्षेप छ, एउटा जनताले कसरी थाह पाउने सरकारले समेत स्वतन्त्रपूर्वक निर्णय गर्न पाउँदैन भनेर ?

 

 विभिन्न समयमा हाम्रा नेताहरूले भन्नुभा छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, मैले एकजना असईको सरुवा गर्दा एक विदेशी दूतावासबाट फोन आएर उनको सरुवा रोकिदिनु प¥यो भनेर दबाब आउँन्थ्यो । अब भन्नुस् विदेशी हस्तक्षेप त्यति तलसम्म पुगिसकेको रहेछ । पञ्चायतकालमा माथिल्लो क्षेत्रमा मात्र हुन्थ्यो । पछिल्लो समय तल्लो निकायसम्म हस्तक्षेप बढ्दो छ । कतिपय बेला प्रचण्डले आफ्नो अभिव्यक्तिमा भन्नुभा छ । उहाँलगायत अरू नेताले पनि बोल्नु भाछ । यसमा त शंकै छैन कि विदेशी हस्तक्षेप छैन भनेर । अहिले त सुरक्षा निकाय र न्याय क्षेत्रमा हस्तक्षेप बढेको कुराहरू बाहिर आइरहेको छ । 
 

 नेपालमा सबभन्दा बढी कुन देशको हस्तक्षेप बढी भएको तपाईंले महसुस गर्नु भएको छ ? केपी ओलीको भाषामा भन्नु पर्दा विदेशीले छौंडा पाल्नु पर्दा कुन देशले बढी लगानी गरेको देख्नु हुन्छ ?
 
  तपाईंले भनेजस्तो ठ्याक्कै यो देशले यति लगानी गरेको छ भनेर भन्नका लागि विशेष अध्ययन गर्नुपर्छ । मलाई के लाग्छ भने विभिन्न देशका आ–आफ्ना स्वार्थ हुन्छन् । हाम्रो व्यवस्था सुदृढ छैन । उनीको व्यवस्था सुदृढ छ । त्यसैले हामीजस्तो निर्धोमाथि प्रभाव जमाउनु स्वाभाविक हो । 


 धेरैजसो भन्छन् भारतीय विस्तावाद, अमेरिकी साम्राज्यवाद र नेपाली संस्कृतिलाई नामेट पार्न युरोपेली संघले धेरै ठूलो चलखेल गर्छ । लगानी गर्छ भनेर तपार्एंले के पाउनु भएको छ ?


  जनस्तरमा भारत कै प्रभाव बढी हुने गर्छ भनेर चर्चा परिचर्चा हुने गर्छ र मिडियाहरूमा पनि त्यसकै बढी विरोध हुने गर्छ । तर मलाई लाग्छ भारतको तुलनामा अरू देशकै प्रभाव यहाँ बढिरहेको देखिन्छ । तर त्यलार्ए चाहिँ नदेखिएको जस्तो गरेको पाइन्छ । जनस्तरमा पनि त्यसलाई सहजै स्वीकारेको जस्तो देखिन्छ । तर इन्डियाको हस्तक्षेप चाहिँ स्वीकार्न नचाहेको जस्तो देखिन्छ । 

 भारतको प्रभाव वा हस्तक्षेपलाई स्वीकार्नु पर्छ भन्ने तपाईंको आशय हो ?


  मैले त्यस्तो भनेकै छैन । म जहिले पनि आफ्नो देशको सर्थलाई सर्वोपरी ठानेर अगाडि बढ्नुपर्छ भनेर आइरहेको छु । यो मेरो अपरिवर्तनीय अडान हो । म कुनै पनि देशसँग झुक्नुपर्ने, उनीहरूको प्रभावलाई स्वीकार्नुपर्ने वा उनीहरूको स्वार्थमा लम्पसार पर्नुपर्छ भन्ने कतै पनि चाहना छैन ।

 
 भारतले नेपालको सीमा मिचेको, नेपालीलाई सीमा क्षेत्रमा गोली हानेर मारेका घटनाहरू छन् । युरोपेली युनियनहरूको अस्तक्षेप अनसिनमा छन् भनेको मतलब त नेपालीहरूलाई मारेको त ढाकछोप गरेको जस्तो भएन र ?


 हो पीडा धेरै किसिमका हुन्छन् । हामीले सीमासँग जोडिएका देश र वाह्य देशसँग भएको समस्याबीचको अन्तरलाई छुट्याउन सकेनौं भने त्यहाँ अझ बढी हामी समस्यामा पर्न सक्छौं । भारतले नेपालको सन्दर्भमा बल मिच्याइको काम गरिरहेको छ । अहिले हाम्रो धर्म, संस्कृतिमाथि प्रहार भइरहेको छ । त्यो ‘सइ’ खटिरोजस्तो छ । त्यो निको नहुने हो ।


 तपाईंको बुझाइमा हामीले कस्तो किसिमको छिमेकी पाएका छौँ ? भारतलाई हेरेर भन्नुपर्दा ।


भारत दक्षिण एसियाको ‘साइँ दुआ’ हो । हाम्रो माझमा त्यस किसिमले नै देखियो । तर हामी भारत दक्षिण एसियामा त्यस किसिमले उदय भएको देख्न चाहँदैनौँ । इन्डियाले आफूलाई सुधार्नुपर्छ । भारत एक प्रजातान्त्रिक देश हो । यउटा सानो कुरामा आफूभन्दा सानो छिमेकीलाई चिढाउनु हुँदैन । हामीहरूको त्यति थोरै जमिन, सीमाना मिचेर उसलाई के फाइदा छ ? सीमाना मिचेको बदलामा यसले घृणा र तिरस्कार पाइरहेको छ । त्यसले गर्दा भारतलाई दुत्कार्ने अवस्था सिर्जित भएको छ । त्यो नेपालीको कारणले होइन उनीहरूकै कारणले हो ।


 भारत त त्यस्तै हो । तर चीनले नेपाललाई बनियाँको मात्रै व्यवहार गर्‍यो । नाफा मात्रै लैजाने, पैसा मात्रै लैजाने । बनियाँगिरी मात्रै गर्‍यो ? तपाईंलाई त्यस्तो लाग्छ ?


 तपाईंले भनेकै क्षेत्रबाट हेर्ने हो भने यो पुष्टि हुँदैन । चीनको नेपालसँग साढे तीन खर्बको व्यापार छ भने भारतसँग सात खर्ब जतिको व्यापार छ । यसको आधारमा भन्ने हो भने चीनले कहाँ बनियाँगिरी गर्‍यो ? भारत बनियाँ भयो कि चनि बनियाँ भयो ? भारतले थुप्रै मानिसलाई घुसपैठ गराएर नागरिकता दिलाएर बस्ती बसाएको छ । चीनले त त्यो गरेको छैन नि । चीनले त हामी र नेपाल अल वेदर फ्रेन्ड भनेको छ त्यो विन विनको अवस्थामा ।


 तर खोइ त तातोपानी नाका खोदिदेउ भन्दा खाेलेकाे छैन ?


 नेपालले एक चीनको नीति मान्दछ तर व्यवहारमा मान्दैन । आफ्नो सुरक्षा त गर्न पर्‍यो नि । नेपालमा अहिले पनि स्वतन्त्र गतिविधि भइरहेका छन् ।

 


 तातोपानी नाका बन्द गर्नासाथ त्योसँग के सम्बन्ध छ ?


 निश्चित रूपमा छ । भूकम्प जाँदा नेपालमा पर्यटक भएर आएकाले चिनियाँले उत्तरका गाउँ गाउँमा गएर राहत बाँडे । तर राहत बाँड्नेक्रममा उनीहरूले स्वतन्त्र तिब्बतका समर्थक दलाई लामाका गतिविधिका प्रमाणहरू भेटिए । त्यसपछि चीन झस्क्यो । नेपाली जिम्मेवार अधिकारीहरू नै दलाई लामाको गतिविधिमा संलग्न भएको प्रमाण फेला पा¥यो । तर यति हुँदाहुँदै पनि चिनियाँ नेताहरू यहाँ आउँदा कहिले पनि भनेको छैन कि तपाईंहरू एक चीन नीतिको पालना गर्नुस् । 


 दलाई लामा भारतमा बस्छ । चीनको भारतसँग व्यापारिक साँठगाँठ छ । चीन भारतलाई केही भन्न नसक्ने । नेपालजस्तो साने मुलुकलाई एक चीन नीति पालना गरेन भने तातोपानी नाका बन्द बन्द गर्न मिल्छ ?


 त्यस्तो होइन । तातोपानी नाका सुरक्षाका कारणले मात्र बन्द गरिएको होइन । खासा बजार पहाडको भीरमा अवस्थित बजार हो । भूकम्पपछि ध्वस्त भयो । त्यहाँ बस्न लायक भएन । सुरक्षा खतरा भयो । नेपालले चिनियाँ नाकासँग जोडिएको सडक कहिल्यै मर्मत गरेन । त्यसैले सुरक्षा खतरा छ । चीन र भारतको सम्बन्ध हाम्रो चासोको विषय होइन । 


 भारतमा दलाई लामाको शिविरमा फ्रि तिब्बत मुभमेन्टको गतिविधि हुन्छ तर नेपालमा त त्यस्तो अवस्था छैन ?


 तपाईंले दलाई लामालाई मात्र देख्नुभयो । त्यतिबेला तिबबतबाट भागेर आएका हजारौँ तिब्बती काठमाडौं उपत्यका वरिपरि विधिवत् रूपमै शरणार्थीका रूपमा बसेका छन् । नेपाल पनि धेरैवटा देशका शरणार्थी पाल्ने देश भइरहेको छ । भारत प्रजातान्त्रिक देश हो । त्यसको नीति के छ भने त्यहाँ शरणार्थी राख्न दिने छ । नेपालको त्यो नीति थिएन तर पनि राख्यो । कतिपय तिबबती यहीँ बसे हजारौँले नेपाली नागरिकता पनि पायो । भुटान र बर्माकाले पनि नागरिकता पाएका छन् । मेरो चासो विदेशीले नागरिकता पाउँदै जाने हो भने भोलि नेपालीको अवस्था के हुुने हो ?


 नेपालप्रति चीनले कवाडी खालको व्यापार गरिरहेको छ, जस्तो चिनियाँ जहाज सेतो हात्ती भएको छ । मेलम्चीमा सकेन । बूढीगण्डकीमा कालोसूचीमा परेका चाइना गेजुवा एन्ड वाटर कम्पनी अादिलाइ के भन्नु हुन्छ ?


 तत्काल बाहिर आएका कुरालाई तपाईंले हेर्नु भयो भने यसको उत्तर तपाईंले पाउनु सक्नु हुन्न । प्लेन चीनले सीधै बेचेको होइन । व्यापारिक डिल हो । बूढीगण्डकी इपिइएसएफ प्रणालीबाट ठेक्का भएको हो । नेपालका राजनीतिक नेता, अधिकारी र सम्बन्धित निकायले गरेका गल्तीको दोष चीनले लिनु पर्ने हो ? विदेशी लगानीकर्ताहरूसमक्ष नेपाली नेता, ब्युरोक्रेट्सले नेपालको छवि ध्वस्त पार्ने काम गरिरहेका छन् । यसले गर्दा भोलि विदेशीहरू नेपालमा लगानी नै गर्न नआउने स्थिति छ । नेपाललाई फेल गराउन चाहने जुन विदेशी शक्ति छन् उनीहरू (नेता र ब्युरोक्रेट्स) तिनीहरूका लागि काम गरिरहेका छन् ।


 केही जानकार भन्छन्, चीनसँग अथवा चीनको लगानी लिनु हुँदैन । उदाहरणका लागि चीनले माल्दिभ्समा पुल बनाइदियाे अहिले चीनकाे अढाइ सय अर्ब ऋण छ । चिनिया ऋणका कारण मालदिभ्स समस्यामा छ । के भन्नु हुन्छ ?


यो कुरा धेरैपटक बाहिर आइसकेको कुरा हो । कतिपयले भनेका छन् । यो विश्व बैंकका एजेन्टले चलाइएका हल्ला हुन् । सन् २०१६ अगाडिसम्म नेपालको चीनसँगको सम्बन्ध झिँटीगुन्टामा आधारित थियो । अहिलेसम्म चीनले नेपालमा लगानी नै गरेकै छैन । केपी शर्मा ओली पहिले प्रधानमन्त्री हुँदा १० वटा सम्झौता भएपछि मात्रै चीनसँग लगानी गर्ने ढोका खुलेको हो । चीनले नेपाललाई हानीनोक्सानी गरेको छैन । विश्व बैंकका कमिसनखोर एजेन्टहरू मन्त्री हुने, अर्थमन्त्री हुने कतिपय त कमिसन लिनका लागि यहाँ मन्त्री भएका मानिसहरू छन् । तिनीहरूले नै आफ्ना स्वार्थका यस किसिमका हल्लाहरू फैलाइरहेका छन् । नेपालका मन्त्रीहरू भारतलाई व्यापार घाटा हुन्छ भनेर चिन्ता लिएर बस्छन् ।      


  नेपालको लिपुलेक प्रयोग गर्ने कुरामा भारत र चीनले नेपाललाई बताउँदै नबताइकन समझदारी गरेको त सत्य हो नि ?


 वर्षौँदेखि लिम्पियाधुरा इन्डियाले कब्जा गरेको छ । लिम्पियाधुरा नेपालको नक्सामा छैन । त्यो चीनले हटाएको हो ? नेपालको नापी विभाग चीन सरकारको मातहतमा पर्छ कि नेपालको ? कालापानीलाई पनि छुट्याएर राखेका छन् नक्सामा  त्यो चीनले गरेको हो ? चीनलाई धन्यवाद दिनुपर्छ । यदि चीनले भारतसँग व्यापारिक सम्झौता नगरेको भए हामीमा जागरुकता आउँदैन थ्यो । उल्टो चिनियाँ मन्त्रीले लिपुलेकको विषयमा भारतसँग कुरा गर्नुस भनेर भनेका थिए । लिपुलेक त्रिदेशीय बिन्दु हो भनेर ।  

 

प्रेमसागर पौडेल अध्यक्ष नेपाल–चीन पारस्परिक सहयोग समाज

विशेष