धनगढीमा नेपाल आइडलका प्रतिस्पर्धी रविलाई भव्य स्वागत

कैलाली, असोज २८ । नेपाल आइडलको उत्कृष्ट ९ मा पुग्न सफल कञ्चनपुरका रवि वडका लागि धनगढीमा स्वागत र्याली निकालिएको छ।
धनगढी उप महानगपालिका मेयर नृप वहादुर वडसहितको उपस्थितिमा रविको स्वागतका लागि र्याली निकालिएको हो । नेपाल आइडलमा रविलाई जिताउन आह्वान गर्दै नगर परिक्रमा पनि गरिएको छ।
यसअघि शनिवार रविलाई धनगढी विमानस्थलमा पनि स्वागत गरिएको थियो । अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिइरहेका रवि उत्कृष्ट ९ मा परेपछि ६ दिनका लागि सुदूरपश्चिम आएका छन् । रविले आइतबार धनगढीमा जारी दसैं मेलामा प्रस्तुती राख्ने कार्यक्रम रहेको छ।
नेपाल आइडल रवि वड