मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः लोकसेवा आयोगलार्इ २ महिना विज्ञापन निर्देशन

मन्त्रिपरिषद् बैठकः लोकसेवा आयोगलार्इ २ महिना विज्ञापन निर्देशन

काठमाडौं । सरकारले लोकसेवा आयोगलाई दुई महिनाका लागि विज्ञापन नखोल्न निर्देशन दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई यस्तो निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

 

आयोगलाई सबै मन्त्रालयको जनशक्ति संरचना नबनेसम्म  विज्ञापन नखोल्न दिर्नेशन दिएको हो । बैठकले जनकपुर-जयनगर-कुर्था रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको हुँदा त्यसमा नेपाली झण्डा राख्ने र व्यवस्थापन सञ्चालनका लागि कानुनी र अन्य संस्थागत तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

 

 

त्यस्तै हवाई उड्डयनसम्बन्धी विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ । 

 

 

कम्तीमा पनि आगामी दुई महीनाका लागि विज्ञापन नखोल्न सुझाव दिएको छ । सरकारले बडादसैंका उपलक्ष्यमा सबै नेपाली दाजुभाइ र दिदीबहिनीमा शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेको छ । 

लोकसेवा आयोग मन्त्रिपरिषद् बैठक

विशेष