मुख्य समाचार

महानिरीक्षक खनालद्वारा मातहतका निकायलाई निर्देशन

महानिरीक्षक खनालद्वारा मातहतका निकायलाई निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनले गरेको अपेक्षा पूरा गर्न दृढताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन्। 

 

 

गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

 

 

इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै उनले दसैं, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नआउने गरी काम गर्न निर्देशन दिए ।

 

 

सङ्गठनको नीतिविपरीत काम गर्ने कर्मचारी तत्काल सजायको भागीदार हुने उनको भनाइ थियो । महानिरीक्षक खनालले प्रहरीले लागू गर्न लागेको समुदाय साझेदार प्रहरी अवधारणाले संगठनमा थप गतिशीलता ल्याउने बताए । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

विशेष