भारतीय संस्थापनको नीति नै शिखहरुलाई दबाएर राख्ने हो (भिडियोसहित)
काठमाडौं । नेपालमा व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् भाग सिंह । नेपालमा शिखहरुको संख्या कम हुँदै गएको बताइन्छ तर केही शिखहरु नेपालमा बस्छन् । भाग सिंह व्यवसायका अतिरिक्त रोटरी क्लब अफ पाटन साउथका अध्यक्ष पनि हुन् । उनी नेपालमा लामो समयदेखि बसोबास गर्दै आए पनि उनले केही समस्या झेलिरहेका छन् । ती समस्या केही परिवेशजन्य र केही उनकै मुलुक भारत सरकारको कारण सिर्जित छन् । के छन् त भाग सिंहका समस्या ? प्रस्तुत छ उनकै शैलीमा उनका कुराः
– म सन् १९७१ जनवरी महिनामा नेपाल आएको हुँ । म यहाँ आएको दुई तीन वर्ष त भाषा बुझ्नमा नै खर्च भयो । त्यसको केही समय पनि १९७२–७३ तिर कुपण्डोलमा हामीले गुरुद्वारा (शिखहरुको मन्दिर) स्थापना गर्यौं । एक राणाको सम्पत्ति रहेछ त्यो ठाउँ । रणवीर सिंह चौधरी, जयवीर सिंह, हरिदयाल सिंह उनका पिता मनोहर सिंहहरु पुराना शिखहरु थिए । उनीहरुको प्रभावले जमिन बन्दोबस्त भयो । म पनि थिएँ । त्यो जमिन हाम्रै प्रयासमा किनेका थियौं ।
४–५ वर्षपछि सरदार प्रितम सिंहले पुराना जमिन खरिद गर्न भूमिका निर्वाह गर्नेहरुको समितिलाई भंग गराएर आफूले हत्याए । त्यसबेलादेखि अहिलेसम्म प्रितम सिंहले जमिन कब्जा गरेर बसेका छन् । नेपालमा शिख भनेको प्रितम सिंह र प्रितम सिंह भनेको शिख भन्ने जस्तो भएको छ । मानौं नेपालमा प्रितम सिंहबाहेक अरु शिख नै छैनन् ।
त्यो गुरुद्वारा दर्तावाला थियो । सन् १९९६ मा गोरखापत्रमा संस्था नवीरकण नभएको सूचना निस्कियो । अहिलेसम्म नवीकरण नगरी मनोमानी ढंगले चलिरहेको छ ।
–बुटवलमा पनि नेपालका शिखहरुले पैशा जम्मा गरेर जमिन किनेका थियौं । जमिन खरिद गर्नेहरुसँग नेपालको नागरिकता थिएन । नागरिकता नभएपछि जमिन पास हुँदैन । प्रितम सिंहले आफ्ना छोरा नातिको नागरिकता निकालिदिए । त्यही आधारमा बुटवलको जमिन पनि आफ्नै बनाए ।
शिखहरुको गोल्डेन टेम्पलबाट पनि पत्र आएको छ कि गुरुद्वारा बेच्न पाइन्न भन्ने व्यहोराको ।
– नेपालमा शिखहरुको संख्या कम हुँदै गएको छ । हामी पहिले नेपालबाट भारत (पञ्जाब) जाँदा हवाईजहाजबाट जाने गथ्र्याैं । विस्तारै भारतीय दूतावासले नेपालको विमानस्थलबाट भारत जाने शिखहरुलाई अप्ठ्यारो पार्दै गयो । हामीसँग भएका कागजातबाट हवाई यात्रा गर्न नदिने भयो । यसो हुनुको कारक तत्व प्रितम सिंह हुन् । उनले दूतावासमा केही खेल गरेर यस्तो कर्म गरेका हुन् । दूतावासबाट जे पनि काम गर्न पर्दा प्रितम सिंहलाई सोधेर जानेआउने गर्नु पर्छ । त्यही कारण नेपालमा शिखहरु कम हुँदै गएका हुन् ।
–मैले २००२ मा नेपालस्थित भारतीय दूतावासमा राहदानी नवीकरण गर्न दिएको थिएँ । पाँच वर्षसम्म मलाई दूतावासले घुमाएको घुमाई गर्यो । जे जे रिपोर्ट मागेको थियो, सबै मैले बुझाएँ । दिल्ली जाँदा पनि केही भएन । भारतको उच्च अदालतमा पनि मुद्दा हाले तर केही भएन । सरदारहरुमाथि दबाएर राख्ने काम भयो । दिल्लीमा हरेक पटक जाँदा कुनै सुनवाई भएको छैन । जान आउन धेरै गाह्रो भएको छ । सडकबाट जाँदा खतरा छ । हवाईजहाजबाट जाँन खोज्दा राहदानी छैन । म क्यानडा जान पाइनँ । अब जर्मनी जान पर्ने छ । तर म जान पाउँदिन होला ।
– भारतीय दूतावासमा मलाई मेरो बारेमा गलत रिपोर्ट दिइएको त्यहीका कर्मचारीले सुनाए । मेरो बारेमा गलत रिपोर्ट दिने व्यक्ति प्रितम सिंह नै हुन् । सफारी सुट, सेता दाह्री र पजेरो गाडी चढेर हिँड्ने प्रितमलाई मानिसहरुले चाँडो विश्वास गर्छन् । भारतीय दूतावासमा साँझ बिहान जाउआउ भइरहेको उनको ।
– शिखहरुलाई उठ्न नदिने भारतीय संस्थापनको नीति नै हो । त्यसको प्रतिबिम्ब बेलाबेला अहिले पनि देखिन्छ । यो बेला शिखहरुविरुद्ध भारतीय जनता पार्टीले थिचोमिचो गरिरहेको छ । १७ वर्षदेखि मसँग राहदानी छैन । म जस्ता कति होलान् । अब म कुन देशको नागरिक हुँ भनांै ?
– प्रितम सिंहले एक अतिवादी संगठनसँग मेरो सम्बन्ध छ भनेर रिपोर्ट दिए । म खालिस्तानी हुँ भन्ने झुठो प्रचार पनि गराए । मैले प्रमाण मागे । दूतावासमा प्रितम सिंहका एक नातेदार थिए । उननलाई भनेर प्रितमले मेरो बारेमा गलत रिपोर्ट फाइल गर्न लगाए । उनले पनि त्यसै गरे । यसरी प्रितमले म माथि अत्याचार गरे । अहिले पनि गरिरहेका छन् ।