अवैध रुपमा खाडी पठाउन लागिएका आठ नेपाली युवती नयाँदिल्लीबाट उद्धार
काठमाडौं । मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ ।
उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको छ । उनीहरू १९ देखि ३७ वर्षका हुन् ।
मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पुर्याइएका थिए । गत साउनमा पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६र१६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो ।