खेल मुख्य समाचार

एपिएलमा पनि सन्दीपको शानदार प्रदर्शन, डेब्यू खेलमै लिए २ विकेट

चम्किए सन्दीप !

एपिएलमा पनि सन्दीपको शानदार प्रदर्शन, डेब्यू खेलमै लिए २ विकेट

काठमाडौं । जारी अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले डेब्यू गरेका छन् । 

 

 

नानग्राहर लियोपार्डका लागि लिग अन्तर्गत पाक्टिया प्यान्थरविरुद्धको खेलमा डेब्यू गरेका उनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । 

 

 

नानग्राहरको इनिङमा उनले ९.४ र ९.६ ओभरमा विकेट लिएका हुन् । सन्दिपले क्यारुन डोलपोर्टलाई ६ र सिकन्दर राजालाई खाता नखोली पेविलियन फर्काए । 

 

 

ब्याटिङमा भने उनले रन लिन सकेनन् । तर, उनको टोली नानग्राहर लियोपार्ड भने पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नानग्राहरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । 

 

 

नानग्राहरलाई सस्तैमा समेट्न जियाउर रहमानले ३ विकेट लिँदा शाहिद अफ्रिदीले २ विकेट लिए । 

 

 

१२७ रनको लक्ष्य पाक्टियाले १४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान मोहम्मद साहजादले ४३ बलमा ७८ रनको शानदार पारी खेले । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै इन्साउल्लाहले पनि २५ रन जोडे ।

सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग

विशेष