मुख्य समाचार

फेरि आइजिपी खनालले भने, ‘नमूना प्रहरी संगठन बनाएरै छाड्छु’ 

आइजिपीको दाबी !

फेरि आइजिपी खनालले भने, ‘नमूना प्रहरी संगठन बनाएरै छाड्छु’ 

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नमूना प्रहरी संगठन बनाएरै छाड्ने प्रतिवद्धता दोहोर्याएका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको सोमबार उद्घाटन गर्दै उनले आफ्नो प्रतिवद्धता दोहोर्याएका हुन् ।

 

 

 

साथै, महानिरीक्षक खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिए । उनले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याए ।

 

 

 

‘इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुपर्छ’ उनले भने, ‘मानवअधिकार संरक्षण गर्नेमा चुक्न हुँदैन ।’ चितवनका प्रहरी जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कम जनशक्तिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै नवनिर्मित ब्यारेक र हिरासतले काम गर्न र बसाइमा सहजीकरण हुने बताए ।

 

 

 

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले तीन करोड ९७ लाख ७ सय ५१ रुपैयाँको लागतमा ब्यारेक र हिरासत निर्माण गरिएको जानकारी दिए । ब्यारेकमा १५ कोठा रहेका छन् ।

 

 

 

हिरासतमा ६ वटा कोठा छन् । २०७२ साल फागुन २८ गते सम्झौता गरी निर्माण थालिएको ब्यारेक भवन ११ हजार ३२१ वर्ग फिटमा रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नमूना प्रहरी संगठन

विशेष