मुख्य समाचार

करसम्बन्धी अराजकता फैलाउनेलाई कडा कारबाही गरिने : कार्यवाहक प्रधानमन्त्री

करसम्बन्धी अराजकता फैलाउनेलाई कडा कारबाही गरिने : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री र्इश्वर पोखरेलले करसम्बन्धी अराजकता फैलाउनेलाई कडा कारबाही गरिने बताएका छन् ।

 

ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । साथै, उनले दोहोरो कर  लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आह्वान गरे ।

 

कार्यवाहक प्रधानमन्त्री पोखरेलले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले करसम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए ।

 

उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पारे । कार्यवाहक प्रधानमन्त्री पोखरेलले करसम्बन्धी सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

रक्षामन्त्री इश्वर पोखरेल कार्यवहाक प्रधानमन्त्री

विशेष