नक्कली नोटको बिगविगी बढ्यो, कारोबारमा संग्लन २ जना पक्राउ
काठमाडौं । दसैंको मौकामा काठमाडौंमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको छ ।
प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई पक्राउ गरेसँगै राजधानीमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो ।
घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।
पक्राउ नक्कली नोटको विगविगी