मुख्य समाचार

रामेछापमा जिप दुर्घटनाः २ को मृत्यु, सातजना गम्भीर घाइते

रामेछापमा जिप दुर्घटनाः २ को मृत्यु, सातजना गम्भीर घाइते

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका-२ खरानेपाखामा आज (शनिबार) साँझ टाटासुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । 

 

 

मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए। 

 

 

ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो ।

रामेछाप जिप दुर्घटना

विशेष