मनोरञ्जन

मेकअप सामग्री नष्ट गर्न नमान्दा गायक जलोटाले गरे प्रेमिकासँग ब्रेकअप !

मेकअप सामग्री नष्ट गर्न नमान्दा गायक जलोटाले गरे प्रेमिकासँग ब्रेकअप !

एजेन्सी । अभिनेता सलमान खानको टेलिभिजन शो ‘बिग बोस सिजन-१२’ लाई ६५ वर्षीय भारतीय भजन गायक अनुप जलोटा र उनकी २८ वर्षीया प्रेमिका जसलिनको जोडीले बेग्लै रौनक दिएको छ । तर, बिग बोसको घरमा आएको दुई हप्तामै अनुप र जसलिनको सम्बन्धमा दरार आएको छ ।

 

 

बिग बोसको घरमा दिइएको कार्य अन्तर्गत अनुप जलोटाका लागि जसलिनले उनको कपाल छोट्याउनु पर्ने, लुगा र मेकअपका सामग्री नष्ट गर्नुपर्ने शर्त राखिएको थियो । तर जसलिनले अनुपका लागि आफ्नो कपाल नछोट्याउने र लुगा र मेकअपका सामग्री नदिने बताएपछि अनुपले चित्त दुखाएका हुन् ।

 

 

आफू जसलिनका लागि ज्यान दिन पनि तयार रहेको तर जसलिनले आफूलाई भन्दा उनको कपाल, कपडा र मेकअपलाई माया गरेकाले अबदेखि उनी जसलिनका साथ नरहने निर्णय लिएका छन् ।

 

 

अनुप जलोटाले बिग बोस घरमा उपस्थित सम्पूर्ण सदस्य तथा क्यामेराको अगाडि यस कुराको घोषणा गरेका छन । साथै अबदेखि बिग बोसमा आफू एक्लै रहने र जसलिनसँगको सम्बन्धमा नरहने बताएका छन् । अहिले अनुप र जसलिनबीचको ब्रेकअपको खबर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

बिग बोस भजन गायक अनुप जलोटा जसलिन

विशेष