मुख्य समाचार

नवलपरासीमा बस दुर्घटनाः पाँचको मृत्यु, १६ जना घाइते

नवलपरासीमा बस दुर्घटनाः पाँचको मृत्यु, १६ जना घाइते

नवलपरासी । जिल्लाको मध्यविन्दु नगरपालिका-११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

 

 

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आइतबार बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए । 

 

 

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 
 

नवलपरासी बस दुर्घटना

विशेष