मुख्य समाचार

अग्रगति र प्रगतिका लागि गान्धी विचार सान्दर्भिकः कार्यवहाक प्रधामन्त्री

अग्रगति र प्रगतिका लागि गान्धी विचार सान्दर्भिकः कार्यवहाक प्रधामन्त्री

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताएका छन् । 

 

 

गान्धीको १५० औं जन्मजयन्ती तथा आहिंसा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले गान्धीको विचार राजनीतिक दर्शन मात्र नभएर आजको विश्व मानवका लागि जीवन पद्धतिका रुपमा विकास भएको बताए । 

 

 

गान्धी सम्पूर्ण विश्वका अहिंसा र शान्तिका पक्षधर व्यक्तिको नेताका रुपमा रहेका बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘गान्धी केवल भारतको मात्र होइन, शान्ति र अहिंसाको पक्षमा रहेका विश्व मानव समुदायको नेता हुनुहुन्छ ।’

 

 

शान्तिपूर्ण संघर्षबाट आर्जित शक्तिले विश्वमा स्वतन्त्रता, न्याय र आत्मसम्मानको आन्दोलनमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै रक्षामन्त्री पोखरेलले शान्तिका पक्षमा उभिने विश्वका नेतामध्ये नेल्सन मण्डेला र मार्टिन लुथर किङ गान्धीको विचार र व्यवहारबाट प्रभावित भएको उनको भनाइ थियो । 

 

 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीले विश्व समुदायलाई दिएको अहिंसा र शान्तिको विचारका कारण विश्वमा भारतको उचाइबढेको बताए । सो अवसरमा गान्धीको जीवनदर्शनसँग सम्बन्धी प्रदर्शनी र गान्धी भजन प्रस्तुत गरिएको थियो । 

ईश्‍वर पोखरेल महात्मा गान्धी

विशेष