मुख्य समाचार

प्रधानमन्त्री ओली कोस्टारिकाबाट न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री ओली कोस्टारिकाबाट न्यूयोर्क प्रस्थान

सानहोजे । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको सान होजेबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।

 


नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभाको ७३ औं अधिवेशनमा भाग लिई यही असोज १४ गते कोस्टारिका आइपुगेका थिए । 

 

 

कोष्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा उनी यहाँ आइपुगेका थिए । 

 

 

प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनले सान होजेमै शान्ति विश्वविद्यालयलाई पनि सम्बोधन गरे । 

 

 

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका

विशेष