मुख्य समाचार

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छन्ः सभापति देउवा

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताएका छन् ।

 

 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औं गान्धी दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको २१ औं शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उनले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताए । 

 

 

‘अंग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो’ उनले भने ।

 

सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गरे ।

 

 

उनले कांग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे । 

 

 

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गरे। नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पारे । 
 

शेरबहादुर देउवा नेपाली काँग्रेस

विशेष