निर्मला हत्या प्रकरणः एसपी विष्टलाई निष्काशनको सिफारिस
काठमाडौं। निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले दिए ।
गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
कञ्चनपुर डिल्लीराज विष्ट