मुख्य समाचार

राजधानीमै भेटियो नक्कली नोट बनाउने कारखाना !

राजधानीमै भेटियो नक्कली नोट बनाउने कारखाना !

काठमाडौं । प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ। 

 

 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति कारखाना फेला पारेको हाे । ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको छ।

 


कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्रीसहित ५ जनालाई पक्राउ गरेको हो।

 

 

पक्राउ पर्नेमा पर्साका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखाएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुरका २५ वर्षीय साहिल थापामगर, पर्साका २८ वर्षीय राज श्रेष्ठ र कागेश्वरी काठमाडौंका विकास दोचे छन्।

 

 

प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार नक्कली नोट, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन र २ थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, ४ थान मोबाइल, कैची तीन थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजार का तीन थान नोट र १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिन् १२ थान र नक्कली एनआसी बैंकको चेक बुक बरामद गरेको छ।

 

 

शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो।

 

 

उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।

कारखाना नक्कली नोट

विशेष