मुख्य समाचार

तनहुँको आबुखैरेनीमा बस दुर्घटना, २० जना घाइते

तनहुँको आबुखैरेनीमा बस दुर्घटना, २० जना घाइते

तनहुँ । दसैं यता देशमा सवारी दुर्घटना व्यापक बढि रहेका छन् । क्षमताभन्दा यात्रु बोक्नु, सडकको अवस्था कमजोर हुन, तीव्र गतिमा सवारी हाँक्नु लगायत कारणले सवारी दुर्घटनाका घटना बढीरहेका हुन् ।

 

 

यसैबीच, आइबार तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

 

 

बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 


घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेहरुको पहिचान खुल्न बाकी रहेको उनले बताए ।

 

 

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ४० भन्दा बढी यात्रु थिए ।

बस दुर्घटना तनहुँ

विशेष