मुख्य समाचार

कृष्णनगरमा साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा

कृष्णनगरमा साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा

 कपिलवस्तु । जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । 

 

 

दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । 

 

 

 

शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । गए राति कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

 

 

विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो ।

 

 

मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो । कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ । 

निषेधाज्ञा  कपिलवस्तु

विशेष