अन्तरवार्ता भिडियो कभर स्टोरी

आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

ओशो तपोवन नेपालका ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्र एवं पवित्र धार्मिक आध्यात्मीक स्थलको रूपमा परिचित छ । तपोवन नेपालमात्र नभएर विश्वभर रहेका अध्यात्मप्रेमी साधकका लागि अध्यात्मक केन्द्र तथा ध्यान केन्द्रको रूपमा स्थापित छ । यसको शाखा काठमाडौंको तपोवनमा मात्र नभएर पोखराको उपवन र लुम्बिनीको जेटवनमासमेत रहेको छ । 

 

 

नेपाल तथा भारतका प्रभावशाली राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख, संवैधानिक अड्डाका प्रमख, सुरक्षा निकायका प्रमुख, कलाकार, व्यापारी, कर्मचारी आदीको तपोवन आगमनले तपोवनको प्रभाव कतिसम्म छ भन्ने प्रष्ट हुन्छ ।

 

 

स्वामी आनन्द अरूण यस केन्द्रको संयोजक रहेका छन् । उनले लाखौंको संख्यामा नेपाली तथा विदेशीलाई ओशोको शिक्षा दिइसकेका छन् । नेपालमा ओशो केन्द्र स्थापना गरी यसबारे शिक्षा दिन तथा ओशोका विचारहरू प्रचारप्रचार गर्नमा स्वामी आनन्द अरूणको योगदान उल्लेखनीय छ । केन्द्र गैरनाफामुलक अन्तर्राष्ट्रियस्तरको साधना केन्द्रको रुपमा विकसित हुनु ओशो प्रेमीका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो । 

 

 

काठमाडौंको तपोवन, पोखराको उपवन तथा लुम्बिनीको जेटवनको भौतिक संरचना अर्बौ रुपैयाँ बराबरको छ । जब कुनै पनि संस्थाले यतिका धेरै प्रगति गर्दछ, त्यसका सकारात्मक तथा नकारात्मक विषयहरु अवश्य नै बाहिर आउँछन् । नैतिकता, पारदर्शीता तथा विश्वसनियताको विषयमा प्रश्न उठ्न थाल्छन् ।

 

 

यसैगरी तपोवनको लोकप्रियता बढ्दै जाँदा यहाँ हुने गतिविधिमा पनि गम्भीर तथा पेचिला प्रश्नहरू तेर्सिन थालेका छन् । ती आरोपहरु आश्रमका संयोजक तथा संरक्षक अरुणकुमार सिंह (स्वामी आनन्द अरुण) तर्फ जोडिन थालेका छन् । यस विषयमा तपोवनमा आवद्ध तथा लामो समयसम्म तपोवन आश्रममा बसिसकेका साधकहरूले आफ्ना आरोप, असन्तुष्टि तथा आक्रोश स्वस्फूर्तरूपमा प्रकट गर्न थालेका छन् । 

 

 

असन्तुष्ट साधकहरूमध्ये केहिले आफ्नो परिचय लुकाएर त केहिले खुलेरै अपारदर्शिता, भ्रष्टाचार तथा कुकर्मको भन्डाफोर गर्ने भन्दै सक्रियता देखाएका छन् । स्वामी देव सुन्दर, अंशु कविरा (अंशु गुरुङ) लगायत विभिन्न ओशो सन्यासीहरूले स्वामी आनन्द अरुणमाथि खुलेरै आरोप लगाएका छन् । नेपाल आजसँगको भिडियो कुराकानीमा उनीहरुले स्वामी आनन्द अरुणमाथि यसप्रकारका आरोप लगाएका छन्ः


ध्यानको नाममा व्यापार 

तपोवन आध्यात्मिक स्थल हो । तर, यहाँ ध्यान साधना कम व्यापार बेसी हुने गरेको छ । जहाँ प्रवेश शुल्क १५० रुपैयाँ र बास बसेको १ हजारदेखि दश हजारसम्म प्रति रात लाग्छ । खानाको २ सय रुपैयाँ पर्छ । त्यसैगरी ध्यान क्याम्पमा बसेको ३ हजार देखि लाखौंसम्म तिर्नपर्छ । 

 

 

यसैगरी तपोवनमा स्थायी रूपमा बसोवास गर्नलाई लाखाै पर्ने सामान्य, डिलक्स र स्विट रुमहरू तथा फ्ल्याट उपलब्ध छन् । यसका साथसाथै तपोवनमा किताबहरूको व्यापार हुने गरेको बताइन्छ । कसैले पनि सदस्यता पाउँदैन । कति पैसा तिरेर सदस्यता पाउने हो थाह नै छैन । साधारणसभा भएको पनि कहिल्यै देखिएन । 

 

 

नागार्जुन राष्ट्रिय निकुञ्जको जग्गा कब्जा

केन्द्रले नागार्जुन राष्ट्रिय निकुञ्जमा वनको सय रोपनी जग्गा कब्जा गरेको छ । निकुञ्जले पनि उनीहरूलाई चेतावनी दिएको छ । राष्ट्रिय निकुञ्जको एक टुक्रा वन सर्वसाधारणले मिच्यो भन्ने ठूलै काण्ड गरेको भन्दै सरकारले सजाय दिन्छ । तर, ओशोले वनको जग्गा मिच्दा सबै चुपचाप छन् ।

 

आश्रमको नाममा हाउजिङको व्यापार 

आश्रमसँगै सडकको पुलतर्फ ठूलठूला घरहरू बनेका छन् । त्यहाँ कोठाहरू खरिद बिक्क्री हुने गर्दछ । १५ देखि ६५ लाख रुपैयाँसम्मका कोठाहरू खरिद गर्न सकिन्छ । समाज कल्याण मन्त्रालयमा दर्ता भएको एनजीओले सरकारबाट प्राप्त रेडबुकबाट कसरी पैसा पायो ? पोखरामा रहेको उपवन आश्रममा भित्रै ५ करोडको घर बनाइएको छ । 

 

 

यौनजन्य गतिविधि तथा यौनशोषणलाई प्रोत्साहन 

आश्रममा यौन शोषणदेखि चाकरी अत्यधिक छ । अरुण स्वामीको शुक्रकीटदेखि जुठो भातसम्मलाई प्रसाद मानिन्छ भन्ने हल्ला छ । रजस्वला भएको बेला पनि महिलालाई छुन नहुने अरुण स्वामी एकदमै अध्यात्मिक गुरू सनातन धर्मभन्दा पनि अति नै कडा गुरू रे ! 

 

 

एउटा महिलालाई यौनदुव्र्यहार गरेका थिए, मैले ती महिलालाई भने, ‘मालासाला फालेर बाहिर निस्किन सक्छौ भने आवाज उठाउन किन नसकेको त ? ती महिलाले, ‘अहिले त होइन तर एक दिन अवश्य बाहिर आएर आवाज उठाउने छु’ भनिन् । जुन महिलामाथि त्यस्तो यौन गतिविधि भयो उनै महिला ठूलठला सभाहरूमा महिला सशक्तिकरणको भाषण दिएर हिँड्छन् । यस्ता यौनहिंसा र दुव्र्यव्यवहार गरेको थुप्रै महिलाका कथाहरू छन् । 

 

 

युकेमा शिविर चलाउँदा एक सन्यासीको छोरीको कोठामा गएर त्यस्तै केहि गरेको हुनाले रातारात त्यहाँबाट भागेर जर्मनीको क्याम्प स्थगित गरेर ऋषिकेशमा आएर १० दिन बस्नु परेको पनि सुनिएको थियो ।

 


आश्रममा काम गर्ने व्यक्तिलाई श्रमशोषण 

आश्रममा ओशोको काम गर्ने हो नि भन्दै मासिक तलब २ हजार दिएर मान्छे खटाइएको छ । त्यति थोरै पारिश्रमिकमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म काम गर्नुपर्छ । 

 

 

ओशोको नामले गर्दा कसैले पनि आवाज उठाउँदैनन् । भान्छादेखि लन्ड्रिमा काम गर्ने आठ–दश जना छन् । एक जना धेरै पुरानो सन्यासी हुनुहुन्छ, उहाँ बिरामी भएपछि काम गर्न नसक्ने भएपछि अचानक तपोवनबाट निकालिदिए । काम लागुञ्जेल राख्ने अनि काम नलाग्ने भएपछि  निकालिदिने त्यहाँको परम्परा छ ।

 

 

महिलाको प्रयोग 

आश्रममा दिक्षा दिँदा ऊर्जा आउँछ अनि मुर्छा परिन्छ । त्यसबेला ती पुरुषको छातीमा महिलाको हात राख्ने गरिन्छ । अरुण स्वामी र समाजका नजरमा राम्री देखिएका महिलाको व्यापक रूपले प्रयोग भएको देख्छु । 

 

 

सहमतिमा नभई पुरुषको शक्तिमा भएका गतिबिधिलाई यौनहिंसा भएको नै भनिन्छ । विदेश पठाइदिने प्रलोभनमा पारेर, धम्की दिएर व्यापकरूपले यौन शोषण गरिएको छ । आश्रमबाट धेरै महिलाहरू पीडित भएर निस्किने गरेका छन् । केहि भने 'क्लिनिकल डिप्रेसनमा' पनि परेको बताइन्छ ।

 

 

अवैध हतियार राख्ने गरेको 

आश्रममा बादर मार्ने भनेर सुरक्षा निकायलाई प्रभावमा पारी अवैध रूपले हात हतियार राख्ने गरिएको छ ।  

 


कर नतिरेको 

आर्थिक अनियमितता निकै भएको छ । महालेखामा दुई करोड घुसको रकम तिरेर राजश्व छली गरेको त्यहाँको ट्रस्टीले बोलेको आवाज रेकर्ड नै छ । सरकारलाई प्रमाण चाहिएमा हामी प्रमाण नै दिन सक्छौं । मैले भ्रष्टाचार भइरहेकोबारे निवेदन पनि लेखिसके तर पनि सरकार भने चुप छ । म त सरकारलाई प्रश्न गर्छु कसरी सरकारले तपोवनका लागि ३ करोड दियो ? 

 


सञ्चालक र अध्यक्ष बचाउमा

विविध आरोपको विषयमा हामीले तपोवनका एक सञ्चालक राजु रिमालसँग जिज्ञासा राखेका थियौं । उनले भने, ‘तपोवनको दुष्प्रचार गर्न नियोजीत रूपमा गरिएको क्रियाकलाप हो । मिडिया पनि प्रयोजीत भए । नेपालभरी ख्याती भएको प्रतिष्ठित मान्छेलाई आशाराम भनेर आरोप लगाएर दुष्प्रचार गर्ने प्रपञ्च हो । नियोजितरुपमा तपोवनलाई सिध्याउन पश्चिमा शक्तिहरु लगिपरेका छन् ।’ 

 

 

यसैगरी तपोवनका अध्यक्ष रमेश राजकर्निकारले विविध आरोपको खण्डन गरे । आरोपका विषयमा उनको भनाई यस्तो छः


तपोवनमा लागेका आरोपको विषयमा मलाई धेरै जानकारी छैन । केहि असन्तुष्ट व्यक्तिले आधारहिन आरोप लगाएका छन् । त्यस्तो केहि भएको रहेछ भने आधार, प्रमाण ल्याएर पुष्टि गर्नुपर्‍यो । 

 

 

संस्था ठूलो भयो र केहि मान्छेले असन्तुष्टि मात्र पोखेका हुन । हजाराै हजार सदस्य सबैलाई तपोवनले सन्तुष्ट बनाउन सक्दैन । केहि असन्तुष्टिहरू भए बैठकमा लिखित रूपमा निवेदन लिएर आउनुपर्यो । सामाजिक सञ्जालमा लेखेरमात्र हुँदैन । 

 

 

तपोवन ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । अन्य जमिन धार्मिक वनको रूपमा लिजमा सरकारबाट लिएर संरक्षण गरेका छाै । हामीले हाउजीङ व्यवसाय गरेका होइनौँ, आश्रम बनाएका हाै र विभिन्न मानिसलाई सेवा दिएका छाै । यसरी साधकहरुलाई घर बनाउँदा खर्च लाग्छ, हामीले पनि साधकहरुलाई किचेन, मेडिटेसन हललगायत अत्याधुनिक सुविधा दिएर शुल्क लिएका हौं । 

 

 


सरकारी निकायमा २ करोड दिएको भन्ने आरोप गलत हो । अनाधिकृत रूपमा कसैले केही बोल्छ भने त्यसमा हामीले रोक्न सक्दैनाै ।

 

बलात्कारको प्रयास र शुक्रकीट प्रसादको रूपमा प्रयोग हुने कुरा हावादारी हुन् । अहिलेको जमानामा यस्ता घटनाहरू हुँदा कोहि चुप लागेर बस्छ ? निर्मला हत्या काण्डमा के भयो ? अत्याचार हुँदा कोहि चुप लाएर बस्दैन । आजकाल त बुलन्द आवाज उठाउन सक्ने बेला हो, कसैले थिचोमिचो गरेर राख्न सक्ने बेला होइन । अहिलेको सामाजिक आधारहरू धेरै विकसित भइसकेका छन् । त्यस्तो केहि छ भने प्रमाणसहित आउनुपर्यो । यो तपोवनको दुष्प्रचार गर्न नियोजित रूपमा चालिएको षड्यन्त्र हो ।

=====================

 

यो अंशु कविराको निजी विचार हो । उहाँको विचारसँग नेपालआजको धारणा सम्बन्धित छैन ।– सम्पादक । 

 

र याे पनि, 

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

 


 

र यो पनि, 

‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

ओशो तपोवन अंशु गुरुङ

विशेष