फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औं स्थानमा पुगेको छ ।
अघिल्लो महीना नेपाल १६०औं स्थानमा थियो । दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि ९७औं, माल्दिभ्स १५१, भूटान १८८औं स्थानमा रहँदा बंगलादेश १९४औं, पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा रहेका छन् ।
विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौंथो र इङ्ल्याण्ड पाँचौं, छैटौंमा उरुग्वे, सातौंमा पोर्चुगल, आठौंमा स्वीट्जरल्याण्ड, नवौंमा स्पेन र दशौंमा डेनमार्क रहेका छन् ।
नेपाल फिफा बरियता