मुख्य समाचार

स्वास्थ्यमन्त्री यादवद्वारा स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनलाई सम्बोधन

स्वास्थ्यमन्त्री यादवद्वारा स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनलाई सम्बोधन

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काजखस्तानको अस्तानामा आयोजित दुईदिने प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनमा भाग लिएका छन् ।

 

 


मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबारदेखि सुरु भएको सो सम्मेलनमा मन्त्री यादवले सम्बोधनसमेत गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादबले विभिन्न बाधा, कठिनाई, राजनीतिक अस्थिरताको बाबजुद पनि ४० वर्षअघि ‘अल्मा एटा’ घोषणामा सुरुवात गरिएको रणनीति तथा अवधारणाको कार्यान्वयन निरन्तर रुपमा भइरहेको जानकारी दिए । 

 

 


विश्व प्राथमिक स्वास्थ्य सेवा अभियानको कारणले गर्दा नै नेपालले स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको उनले बताए । ‘ई.सं १९९० मा नेपालको मातृ मृत्युदर ८५० बाट सन् २०१६ मा २०३९ प्रति लाख जीवित जन्ममा झरेको छ’, मन्त्री यादवले भने । 

 

 


मन्त्री यादव अगाडिले थपे, ‘हाम्रा प्राथमिक्ताका क्षेत्रहरू देशभर प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै व्यापक स्वास्थ्य सेवाको एकीकृत अवधारणा अन्तर्गत  गर्भावस्थाको स्याहार, सुत्केरी स्याहार, सुरक्षित गर्भपतन, दक्ष प्रसुतिकर्मीबाट सुत्केरी गराउने, स्वास्थ्य संस्थामा सुत्केरी गराउने आदिले गर्दा मातृ मृत्युदर कम गर्न महत्वपूर्ण  भूमिका खेलेको छ ।

 

 

 

नेपालले आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गर्न हालै मात्र जनस्वास्थ्य ऐन २०१८ पारित गरेको उनले बताए । साथै, आधारभूत स्वास्थ्य सेवाको प्याकेजलाई पनि परिभाषित गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्री यादबको भनाई छ ।

 

 


सम्मेलनमा काजखस्तानका प्रधानमन्त्री बखयत्जान सापिन्टायर, नेपालका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादब, काजखस्तानका स्वास्थ्यमन्त्री डा. यलजाहन बिरटानोभ, डब्लुएचओ डी.जी. डा. टेडरोस, युनिसेफका ई.डी. इनहिसिफा फोरे, एण्डगुभिट्स, एमएफआरइएफका सीएसओ गिहिटाली लगायतको सहभागिता थियो । 

स्वास्थ्य उपेन्द्र यादव स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलन

विशेष