मुख्य समाचार

स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

काठमाडौं । ओशो सन्यासी स्वामी देवसुन्दरले ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणबारे सत्य बोल्दा आफूविरुद्ध प्रहरी परिचालन भएको उल्लेख गरेका छन् । 

 

देवसुन्दरले केही दिन अघि नेपालआजसँगको भिडियो अन्तर्वार्ताका क्रममा ओशो तपोवन र संरक्षक आनन्द अरुणले सरकारी नियम उल्लंघन गरेको, सामाजिक व्यवहार विवादास्पद रहेको र तपोवनमा गलत क्रियाकलाप हुने गरेको दावी गरेका थिए । 

 


त्यस्तो दावीपछि घटस्थापनाको भोलिपल्ट प्रहरीले समेत यो विषयमा आफूसँग सोधपुछ गरेको देवसुन्दरले बताए । उनले भने, ‘प्रहरीबाट फोन आयो । म प्रहरी कार्यालय गएँ पनि । पछि त्यहाँका इञ्चार्जले यो विषयमा स्वामी आनन्द अरुणसँग मेलमिलाप गर्नूभन्ने सुझाव दिनुभयो ।’

 

स्वामी देवसुन्दरको अन्तर्वार्तापछि अर्की ओशो सन्यासी अंशु कविराले पनि स्वामी आनन्द अरुणमाथि केही गम्भीर आरोप लगाएकी छन् । उनले आनन्द अरुणको शुक्रकिट तपोवनमा ‘प्रसाद’का रुपमा बाँडिने गरेको दावी गरेकी छन् । 

 

यी दुई प्रकरणपछि हालै स्वामी आनन्द अरुणले आफ्ना अनुयायीहरुलाई प्रवचन दिने क्रममा सबैको दुःखले सिर्जेको तपोवन सिध्याउने खेल भइरहेको दावी गरे । उनले केही मानिसहरुले सामान्य प्रलोभनमा परेर, पारेर तपोवनविरुद्ध दूष्प्रचार गरिरहेको उल्लेख गरेका छन् । प्रवचनमा उनले भनेका छन्, ‘हुन सक्छ यस्तो काम गर्दा कसैलाई कुनै फाइदा भयो होला, कसैले मोटरसाइकल नै पायो होला । तर यस्तो कर्मको परिणाम सदैव दुःखद नै हुन्छ ।’

 

आनन्द अरुणविरुद्ध धारणा राख्ने र केही गम्भीर आरोपसमेत लगाएका ओशो सन्यासी देवसुन्दर मोटरसाइकल बिक्रेता तथा सहकारी सञ्चालक हुन् । स्वामी आनन्द अरुणको सो भनाइ देवसुन्दरविरुद्ध नै भएको अनुमान गरिएको छ । 

 

मोटरसाइकल प्रलोभनको विषयमा स्वामी देवसुन्दरले भनेका छन्, ‘ मैले अरुणकुमार सिंह (स्वामी आनन्द अरुण)ले जस्तै गरी संगठन बनाउन, कम्युन बनाउन परेको छैन । मलाई सोझा मान्छे र राज्यको ढुकुटी लुट्न आवश्यक पनि छैन । मोटरसाइकल बेच्ने र सहकारीमार्फत ऋण लगानी गर्नु मेरो व्यवसाय हो । आफ्नो गलत कर्म लुकाउन मेरो व्यवसायलाई ढाल बनाउँदैमा अरुणकुमार उम्किन सक्नुहुने छैन ।’

 

स्वामी देवसुन्दरले संरक्षक स्वामी आनन्दअरुणविरुद्ध अन्य गम्भीर आरोप पनि लगाएका छन् । गुरु ओशोलाई धोका दिएका कारण आज स्वामी आनन्द अरुण विवादमा परेको देवसुन्दरको आरोप छ । आनन्द अरुणले आफूलाई देवत्वकरण गर्न खोजेको, फरक मत राख्नेलाई श्राप दिने चेतावनी दिएको, आफ्नो यौन हिंसा लुकाउन खोजेको, पोखरा उपवनमा योगानन्दको ठगीधन्दा ढाकछोप गरेको जस्ता आरोप देवसुन्दरको छ । 
 

र याे पनि

 

र याे पनि, 

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

विशेष