मनोरञ्जन

विवाह गर्दै कपिल, भोजभतेरमा मात्रै १५ लाख खर्च हुने

विवाह गर्दै कपिल, भोजभतेरमा मात्रै १५ लाख खर्च हुने

काठमाडौं । बलिउडका चर्चित कमेडियन कपिल शर्मा विवाह गर्ने तयारीमा छन् । विवाहको सारा काम कपिलकी हुनेवाला श्रीमति गिन्नी आफैंले सम्हालिरहेकी छन् । कपिल फेरि टेलिभिजनमा कमब्याक गर्न लागेका कारण पनि उनको व्यस्तता बढेको छ र विवाहको तयारीमा जुट्न पाएका छैनन् । 

 

कपिल टेलिभिजनमा कमब्याक गरेपछि मात्र विवाह गर्ने सोचमा थिए । तर गिन्नीको परिवारका सदस्यको कारण अहिले विवाह हुने भएको खबर बाहिरिएको छ । यो वर्षको अन्तिमतिर विवाह हुने कुरा दुई परिवारबीच भएको थियो । तर, एक्कासी गिन्नीका पिताको स्वास्थ्य स्थितीमा केही गडबड भएका कारण निर्णय बदल्नुपरेको हो । 

 

विवाहको लागि दुई दिन रिसोर्ट बुक भइसकेको छ । विवाह निकै नै भव्य र सानदार तरिकाले हुने बताइएको छ । 
कपिलको विवाह समारोहमा अमिताभ वच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोण आउने पक्का छ । अहिलेसम्म १५० देखि २०० व्यक्तिलाई दिइने निमन्त्रणको लिस्ट तयारी भइसकेको छ । 

 

कपिलको विवाहमा खानाको लागिमात्र १५ लाख खर्च हुनेछ । भेज, ननभेज र पन्जाबी खानासँगै विवाहमा १०० भन्दा बढी व्यञ्जन तयार हुने भएको छ । 
 
 

कपिल शर्मा

विशेष