मुख्य समाचार

मेलम्चीको पानी ४० दिनभित्र सुन्दरीजलमा

मेलम्चीको पानी ४० दिनभित्र सुन्दरीजलमा

काठमाडौं । सरकारले गत असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो । 

 

 

पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको थियो । तर, ठेकेदारको लापरबाहीले गर्दा काममा ढिलार्इ भइरहेको आयोजनाका प्रमुख सुर्यप्रकाश कँडेलले बताए । 

 

 

उनले याङ्ग्री र लार्केबाट दैनिक १७र१७ करोड लिटर पानी ल्याउने आयोजना निर्माणका लागि डिपीआर पनि स्विकृत हुने चरणमा रहेको बताए । डीपीआर स्विकृत हुने बित्तिकै टेन्डर आव्हान गर्ने भन्दै उनले दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने बताए ।

 

 


मेलम्ची खानेपानी आयोजनाले सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) गर्न ६ किलोमिटरमात्र बाँकी रहेको आयोजना प्रमुख कँडेलले बताए । अहिलेसमम २० किलोमिटर ढलान सकिएको उनको भनाई छ । 

 

 

 

दैनिक २ सय ५० मिटरको दरले ढलान भइरहेको आयोजनाका प्रमुख सुर्यप्रकाश कँडेलले जानकारी दिए । यही गतिमा काम भए पुस अन्तिमसम्म मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने आयोजनाले जनाएको छ । 

 

 

 

मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । १७ करोड मेलम्ची, १७ करोड याङग्री र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । 

 

 

 

हाल उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १२ करोड लिटरमात्र वितरण गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ । 

सुन्दरीजल मेलम्ची

विशेष